Responsive image
Responsive image
चुरे संरक्षण दिवस २०७७ असार २ को नारा " चुरेको माटो चुरेलाई , सफा पानी सबैलाई ।"

समितिका कार्यक्रमहरु :

नेपाल सरकारले समितिलाई सुम्पेको जिम्मेवारी अनुरुप समितिले निम्न कार्यक्रमहरु तर्जुमा गरेको छ :


• एकीकृत नदी प्रणाली व्यवस्थापन कार्यक्रम : चुरे पहाडी खोंचमा मुहान रहेका तथा चुरे क्षेत्र हुँदै बग्ने नदी प्रणालीहरुले वर्षेनी ठूलो परिमाणमा ढुंगा, गिट्टी, बालुवा, माटो आदि बगाए लैजाने हुँदा नदीको सतह उठ्ने गरेको छ जसले गर्दा तराई–मधेशमा वर्षेनी बाढीको प्रकोप हुने गर्छ । बाढीले गर्दा खेतीयोग्य जग्गा कटान हुनुको साथै वस्तीहरु संकटमा परेका छन् । त्यसैले समितिले चुरेको पहाडी खोंच तथा गल्छीहरुको उपचार गर्दै नदी प्रणालीको दशगजा सीमा क्षेत्रसम्म नदी नियन्त्रण, उकास जग्गामा वृक्षारोपण, उत्पादनशील कृषिजन्य प्रयोग जस्ता क्रियाकलापहरु समेटिएको एकीकृत नदी प्रणाली व्यवस्थापन कार्यक्रम तर्जुमा गरेको छ ।
• जोखीमयुक्त स्थानहरुको पहिचान तथा उपचार : चुरे क्षेत्रमा अधिक भू–स्खलन हुनुमा चुरेको भौगर्भिक अवस्था तथा मानवीय क्रियाकलापहरु मुख्य रुपमा जिम्मेवार छन् । चुरे क्षेत्रका भीरपाखाहरुमा प्रत्येक वर्ष अनगिन्ती साना–ठूला पहिरो जान्छन्, खेतीयोग्य जग्गा बगेर जान्छ र बस्तीहरु संकटमा पर्छन् । समितिले चुरे पहाडी क्षेत्रमा रहेका पहिरो तथा पहिरो जान सक्ने सम्भावित स्थानहरुको तथ्याकं राख्ने र मानवीय जोखिम पैदा गर्न सक्ने स्थानहरुमा उपयुक्त प्रविधिको विकास गरी उपचार गर्नेछ ।
• चुरे क्षेत्रका समुदायको कृषि प्रणाली तथा आयस्तरमा सुधार : चुरेबाट उत्पन्न हुने जोखीम कम गर्न स्थानीय समुदायको रचनात्मक तथा सकारात्मक भूमिका अनिवार्य हुन्छ । त्यस क्षेत्रका समुदायमा गरिवी व्याप्त रहेसम्म जीविकाका निमित्त गरिने कतिपय मानवीय क्रियाकलाप नै चुरेको संरक्षणमा बाधक हुन्छन् । चुरे संरक्षणको एउटा अभिन्न अंगका रुपमा चुरे क्षेत्रमा रहेका बासिन्दाहरुको जीवन पद्धतीमा सुधार हुनुपर्दछ । यस कार्यक्रम अन्तर्गत समुदायको सशक्तिकरण, खेती प्रणालीमा लाभदायी परिवर्तन, पशुपालनमा आधुनिकीकरण तथा घाँस खेती सुधार, फलफूल तथा संरक्षण खेती, नीजि वन प्रवद्र्धन, जडिवुटी खेती प्रवद्र्धन, ग्रामीण पर्यटनका लागि पूर्वाधार विकास, उत्पादनशील व्यवसायका लागि शीप, पूंजी तथा बजारको प्रबन्ध र आधुनिक तथा हरित उर्जा स्रोतहरुको प्रबन्ध जस्ता क्रियाकलापहरु संचालन हुनेछन् ।
• अनुसन्धान तथा प्रविधि विकास : चुरेको भौगर्भिक, पर्यावरणीय, पारिस्थितिकीय, खेती प्रणाली, वन तथा वनस्पति, जल व्यवस्थापन, जोखीम पहिचान र क्षमता विस्तार जस्ता विषयहरुमा अनुसन्धान, ज्ञानको संचय र प्रविधि विकास तथा प्रसार यस कार्यक्रमका अंग हुनेछन् ।

 

 

Last modified: November 3, 2019