करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पुर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लाहरुमा फैलिएको र कुल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।

औलो उन्मुलन पश्चात चुरे तथा भावर क्षेत्रमा मानव वस्तिहरु विस्तार हुँदै गयो । तत्पश्चात आवादी र खेतीका लागि वन जंगल फाँड्ने क्रम क्रमशः बढेर गयो । वन फडानी वन पैदावारको अत्यधिक प्रयोग, खुला चरिचरन, अवैज्ञानिक भू-उपयोग आदि जस्ता कारणले यस क्षेत्रको जैविक विविधता तथा जमीनको उत्पादकत्वमा ह्रास आएको छ जसले गर्दा यस क्षेत्रको समग्र पारिस्थितिकीय प्रणालीमा नकारात्मक प्रभाव परेको छ । चुरे पहाड तथा भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदै गएकाले तराई-मधेशमा थुप्रै वातावरणीय समस्याहरु देखा पर्दै जानुको साथै पानीको स्रोतहरु समेत सुक्दै गएका छन् । प्रायः बर्सेनी बाढीको प्रकोपले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो-माटो थुपार्ने तथा गाउँवस्तीहरु समेत कटान र डुबानले गर्दा प्रभावित हुने गरेका छन् ।

यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्रको पारिस्थितिकीय प्रणाली थप कमजोर बन्न गई तराई-मधेशको जनजीवन अझै संकटग्रस्त बन्न सक्छ । नेपालको कुल जनसंख्याको करिव ५० प्रतिशत तराई मधेशमा बसोबास गर्छन् । यस कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ देखि चुरे संरक्षणलाई अभियानका रुपमा संचालन गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ प्रारम्भ गर्यो । चुरे संरक्षणको काम बहु-आयामिक, बहु-पक्षीय र बहु-सरोकारवालाहरुसंग सम्बन्धीत विषय भएकाले यसलाई समन्वयात्मक ढंगले संचालन गर्न नेपाल सरकारले २०७१ साल असार २ गते विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति (गठन) आदेश २०७१ जारी गर्यो ।

दूरदृष्टि

संरक्षित तथा प्राकृतिक सन्तुलन सहितको चुरे-तराई मदेश दुनको भू-परिधि वातावरणीय वस्तु र सेवाको सातात प्रवाहसहितको आर्थिक समृद्धि हासिल गर्ने 

लक्ष्य

चुरे क्षेत्रको प्राकृतिक श्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धनद्वारा गरिबी न्यूनिकरण एवं समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पु-याउने 

उद्देश्य

चुरे तराइ मदेश क्षेत्रक प्राकृतिक श्रोतहरु (भुमि, पानी, वनस्पति र जैविक  विविधता)  को दिगों व्यवस्थापन सुनिश्चित गरी जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने ।
चुरे पहाड, दुन र तराई मधेशमा जल उत्पन्न प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणको साथै वातावरणीय सेवा प्रवाहको  निरन्तरता दिने ।
गार्हस्थ ऊर्जा उपयोगमा सुलभताका सा