आशय पत्र पेश गर्ने बारेको सुचना
(गोरखापत्र २०७७-०६-२२)
यस समितिको आ.ब. २०७७/७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार नेपाल सरकारको बजेटबाट खर्च व्यहोर्ने गरी देहाय बमोजिमको अध्ययन कार्य सम्पन्न गर्न परामर्श सेवा खरिद गर्नुपर्ने भएकोले योग्य इच्छुक फर्म, संस्था तथा कम्पनिहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp मार्फत आफ्नो संस्था दर्ताको प्रमाणपत्र, चालु आ.ब. सम्मको कर चुक्ता प्रमाणपत्र (नविकरण सहित), विगत सात बर्षको अनुभवको प्रमाणपत्र, मुल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्र (नविकरण सहित) र कालो सुचिमा नरहेको स्वघोषणापत्र संलग्न गरी आशयपत्र पेश गर्नुहुन सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३० बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आशयपत्र पेश गर्ने आशयपत्रदाता फर्म संस्था वा कम्पनीले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र आशयपत्रको सूचना बमोजिम योग्यता सहितको कागजातहरु यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेखित वेवसाईट मार्फत पेश गर्नुहुन आव्हान गरिन्छ ।
(प्रकाशित मितिः २०७७/०६/२२)
सि.नं. |
आशयपत्र नं. |
कामको विवरण |
१. |
Area Identification, Mapping and Socio-Economic Analysis of Grasses Kush, Kash, Khar, Siru, Babio etc. in the Chure Region of Nepal |
यस सम्बन्धी बिस्तृत सूचना यस समितिको वेवसाइट www.chureboard.gov.np मा समेत हेर्न सकिने छ ।
सदस्य सचिव
Last modified: October 9, 2020