Responsive image
Responsive image
चुरे संरक्षण दिवस २०७७ असार २ को नारा " चुरेको माटो चुरेलाई , सफा पानी सबैलाई ।"

समितिको सचिवालय तथा कार्यक्रम कार्यन्वयन इकाईहरु :

समितिको सचिवालय ललितपुर उपमहानगरपालिकाको खुमलटारमा रहेको छ । समितिको सचिवालयमा पाँच शाखा र दुई इकाईहरु रहेका छन् :

(क) नीति तथा योजना शाखा
(ख) अनुसन्धान तथा प्रविधि विकास शाखा
(ग) सार्वजनिक संचार, सामाजिक परिचालन तथा प्रतिवेदन शाखा
(घ) आयोजना डिजाइन तथा कार्यान्वयन शाखा
(ङ) प्रशासनिक समन्वय तथा सदाचार प्रवर्धन शाखा
(च) सार्वजनिक खरीद इकाई
(छ) सामाजिक उत्तरदायित्व, आन्तरिक निगरानी तथा नियन्त्रण इकाई

सातवटा शाखा / इकाईहरु मध्ये चारवटा शाखाहरु समितिको मूल कामसंग सम्बन्धित छन् । प्रशासनिक समन्वय तथा सार्वजनिक खरीद इकाईहरु सहयोगी वा सहजकारी भूमिकामा रहेका छन् । सामाजिक उत्तरदायित्व, आन्तरिक निगरानी तथा नियन्त्रण इकाई वस्तुतः समिति भित्रैको निगरानी गर्ने इकाई हो । यी इकाईहरुले समितिलाई आफ्नो उद्देश्यमा केन्द्रित रहन सावधान गराउँदै वित्तीय उत्तरदायित्व प्रवद्र्धन गर्नमा सहयोग गर्दछन् ।

समितिको लक्ष्य एवं उद्देश्य प्राप्तिको लागि समितिको एकजना सदस्यको मार्गदर्शनमा देहाय बमोजिमका स्थलगत  कार्यक्रम कार्यन्वयन इकाईहरु रहने छन् । प्रत्येक  कार्यक्रम कार्यन्वयन इकाईले तोकिएका जिल्लाहरुका चुरे–तराई मधेश क्षेत्रमा संरक्षण तथा व्यवस्थापनका लागि अनुसन्धान गर्ने र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने  छन् ।

समितिका कार्यक्रम कार्यन्वयन इकाईहरु देहाय बमोजिम रहेका छन् :

• कार्यक्रम कार्यन्वयन इकाई सलकपुर   –   मोरंग जिल्लाको सलकपुरमा मुकाम रहने गरी इलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, धनकुटा, भोजपुर र उदयपुर जिल्ला ।
• कार्यक्रम कार्यन्वयन इकाई जनकपुर   –   धनुषा जिल्लाको जनकपुरमा मुकाम रहने गरी धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, काभे्रपलाञ्चोक, ललितपुर र रौतहट जिल्ला ।
• कार्यक्रम कार्यन्वयन इकाई  भरतपुर   –   चितवन  जिल्लाको मुकाम रहने गरी बारा, पर्सा, मकवानपुर , चितवन र पूर्वी नवलपरासी  जिल्ला ।
• कार्यक्रम कार्यन्वयन इकाई बुटवल     –    रुपन्देही जिल्लाको बुटवलमा मुकाम रहने गरी पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, तनहुँ, सल्यान, प्यूठान र दाङ्ग जिल्ला ।
• कार्यक्रम कार्यन्वयन इकाई लम्कि      –    कैलालीको लम्किमा मुकाम रहने गरी बाँके, सुर्खेत, बर्दिया, कैलाली, डोटी, कञ्चनपुर र डडेल्धुरा जिल्ला ।

Last modified: October 22, 2019