hack haber Ucuz Web Sitesi
güvenlik kamerası güvenlik kamera sistemleri akıllı ev sitemleri
Responsive image
Responsive image
Özel ders istanbul Özel ders matematik Web tasarım özel ders Bakırköy özel ders Beylikdüzü özel ders Asp.Net MVC özel ders
चुरे संरक्षण दिवस २०७५ असार २ को नारा " चुरे संरक्षण हाम्रो कार्यभार । बनाऔं यसलाई समृद्घीको आधार ।। " नयाँ सदस्य -सचिब ज्यू को फिल्ड भ्रमणको प्रस्तुति-आश्विन |  दक्ष/ विज्ञ सुचि (रोष्टर)मा नाम समावेश गर्ने सम्बन्धि सुचना | 

समितिका कार्यक्रमहरु :

नेपाल सरकारले समितिलाई सुम्पेको जिम्मेवारी अनुरुप समितिले निम्न कार्यक्रमहरु तर्जुमा गरेको छ :

• चुरे संरक्षण गुरुयोजना तयारी : चुरे संरक्षण गुरुयोजनाले चुरे–तराई मधेशमा प्राकृतिक स्रोतको अत्यधिक तथा जथाभावी दोहन र अवैज्ञानिक भू–उपयोगले सिर्जना गरेका समस्याहरुको न्युनीकरण, समष्टिगत पर्यावरणीय तथा जैविक विविधताको संरक्षण, चुरे क्षेत्रका आदिवासी जनजाति समुदायको संरक्षण सम्बन्धी परम्परागत ज्ञानको उपयोग, जनजीविकामा सुधार, पानीका स्रोतहरुको संरक्षण तथा उपयोग जस्ता कार्यक्रमहरु समेटिने छ । आगामी १५ देखि २० वर्षसम्म समितिले संचालन गर्ने वार्षिक कार्यक्रमको मार्गदर्शक आधारशीला रहने यो गुरुयोजनाको तयारीमा स्थानीय समुदायलाई सक्रिय सहभागी गराइनेछ ।
• एकीकृत नदी प्रणाली व्यवस्थापन कार्यक्रम : चुरे पहाडी खोंचमा मुहान रहेका तथा चुरे क्षेत्र हुँदै बग्ने नदी प्रणालीहरुले वर्षेनी ठूलो परिमाणमा ढुंगा, गिट्टी, बालुवा, माटो आदि बगाए लैजाने हुँदा नदीको सतह उठ्ने गरेको छ जसले गर्दा तराई–मधेशमा वर्षेनी बाढीको प्रकोप हुने गर्छ । बाढीले गर्दा खेतीयोग्य जग्गा कटान हुनुको साथै वस्तीहरु संकटमा परेका छन् । त्यसैले समितिले चुरेको पहाडी खोंच तथा गल्छीहरुको उपचार गर्दै नदी प्रणालीको दशगजा सीमा क्षेत्रसम्म नदी नियन्त्रण, उकास जग्गामा वृक्षारोपण, उत्पादनशील कृषिजन्य प्रयोग जस्ता क्रियाकलापहरु समेटिएको एकीकृत नदी प्रणाली व्यवस्थापन कार्यक्रम तर्जुमा गरेको छ ।
• जोखीमयुक्त स्थानहरुको पहिचान तथा उपचार : चुरे क्षेत्रमा अधिक भू–स्खलन हुनुमा चुरेको भौगर्भिक अवस्था तथा मानवीय क्रियाकलापहरु मुख्य रुपमा जिम्मेवार छन् । चुरे क्षेत्रका भीरपाखाहरुमा प्रत्येक वर्ष अनगिन्ती साना–ठूला पहिरो जान्छन्, खेतीयोग्य जग्गा बगेर जान्छ र बस्तीहरु संकटमा पर्छन् । समितिले चुरे पहाडी क्षेत्रमा रहेका पहिरो तथा पहिरो जान सक्ने सम्भावित स्थानहरुको तथ्याकं राख्ने र मानवीय जोखिम पैदा गर्न सक्ने स्थानहरुमा उपयुक्त प्रविधिको विकास गरी उपचार गर्नेछ ।
• चुरे क्षेत्रका समुदायको कृषि प्रणाली तथा आयस्तरमा सुधार : चुरेबाट उत्पन्न हुने जोखीम कम गर्न स्थानीय समुदायको रचनात्मक तथा सकारात्मक भूमिका अनिवार्य हुन्छ । त्यस क्षेत्रका समुदायमा गरिवी व्याप्त रहेसम्म जीविकाका निमित्त गरिने कतिपय मानवीय क्रियाकलाप नै चुरेको संरक्षणमा बाधक हुन्छन् । चुरे संरक्षणको एउटा अभिन्न अंगका रुपमा चुरे क्षेत्रमा रहेका बासिन्दाहरुको जीवन पद्धतीमा सुधार हुनुपर्दछ । यस कार्यक्रम अन्तर्गत समुदायको सशक्तिकरण, खेती प्रणालीमा लाभदायी परिवर्तन, पशुपालनमा आधुनिकीकरण तथा घाँस खेती सुधार, फलफूल तथा संरक्षण खेती, नीजि वन प्रवद्र्धन, जडिवुटी खेती प्रवद्र्धन, ग्रामीण पर्यटनका लागि पूर्वाधार विकास, उत्पादनशील व्यवसायका लागि शीप, पूंजी तथा बजारको प्रबन्ध र आधुनिक तथा हरित उर्जा स्रोतहरुको प्रबन्ध जस्ता क्रियाकलापहरु संचालन हुनेछन् ।
• अनुसन्धान तथा प्रविधि विकास : चुरेको भौगर्भिक, पर्यावरणीय, पारिस्थितिकीय, खेती प्रणाली, वन तथा वनस्पति, जल व्यवस्थापन, जोखीम पहिचान र क्षमता विस्तार जस्ता विषयहरुमा अनुसन्धान, ज्ञानको संचय र प्रविधि विकास तथा प्रसार यस कार्यक्रमका अंग हुनेछन् ।

Last modified: December 29, 2014


İstanbul Acil Özel Ambulans Kartal özel acil ambulans Acil ambulans Cevizli acil ambulans
güvenlik kamerası ahd güvenlik kamerası gece görüşlü güvenlik kamerası paket güvenlik kamera güvenlik kamerası sistemleri güvenlik kamerası fiyatları kamera sistemleri ahd kamera gece görüşlü kamera ahd güvenlik kamera sistemleri