hack haber Ucuz Web Sitesi
güvenlik kamerası güvenlik kamera sistemleri akıllı ev sitemleri
Responsive image
Responsive image
Özel ders istanbul Özel ders matematik Web tasarım özel ders Bakırköy özel ders Beylikdüzü özel ders Asp.Net MVC özel ders
चुरे संरक्षण दिवस २०७५ असार २ को नारा " चुरे संरक्षण हाम्रो कार्यभार । बनाऔं यसलाई समृद्घीको आधार ।। " नयाँ सदस्य -सचिब ज्यू को फिल्ड भ्रमणको प्रस्तुति-आश्विन |  दक्ष/ विज्ञ सुचि (रोष्टर)मा नाम समावेश गर्ने सम्बन्धि सुचना | 

समितिको सचिवालय तथा स्थलगत इकाईहरु :

समितिको सचिवालय ललितपुर उपमहानगरपालिकाको खुमलटारमा रहेको छ । समितिको सचिवालयमा पाँच शाखा र दुई इकाईहरु रहेका छन् :

(क) नीति तथा योजना शाखा
(ख) अनुसन्धान तथा प्रविधि विकास शाखा
(ग) सार्वजनिक संचार, सामाजिक परिचालन तथा प्रतिवेदन शाखा
(घ) आयोजना डिजाइन तथा कार्यान्वयन शाखा
(ङ) प्रशासनिक समन्वय तथा सदाचार प्रवर्धन शाखा
(च) सार्वजनिक खरीद इकाई
(छ) सामाजिक उत्तरदायित्व, आन्तरिक निगरानी तथा नियन्त्रण इकाई

सातवटा शाखा / इकाईहरु मध्ये चारवटा शाखाहरु समितिको मूल कामसंग सम्बन्धित छन् । प्रशासनिक समन्वय तथा सार्वजनिक खरीद इकाईहरु सहयोगी वा सहजकारी भूमिकामा रहेका छन् । सामाजिक उत्तरदायित्व, आन्तरिक निगरानी तथा नियन्त्रण इकाई वस्तुतः समिति भित्रैको निगरानी गर्ने इकाई हो । यी इकाईहरुले समितिलाई आफ्नो उद्देश्यमा केन्द्रित रहन सावधान गराउँदै वित्तीय उत्तरदायित्व प्रवद्र्धन गर्नमा सहयोग गर्दछन् ।

समितिको लक्ष्य एवं उद्देश्य प्राप्तिको लागि समितिको एकजना सदस्यको मार्गदर्शनमा देहाय बमोजिमका स्थलगत इकाईहरु रहने छन् । प्रत्येक स्थलगत इकाईले तोकिएका जिल्लाहरुका चुरे–तराई मधेश क्षेत्रमा संरक्षण तथा व्यवस्थापनका लागि अनुसन्धान गर्ने र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने कार्यमा सहयोग पुर्याउने छन् ।

समितिका क्लस्टर (स्थलगत) कार्यालयहरु देहाय बमोजिम रहने छन् :

• विराटचोक क्लस्टर–मोरंग जिल्लाको विराटचोकमा मुकाम रहने गरी इलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, धनकुटा, भोजपुर र उदयपुर जिल्ला ।
• महेन्द्रनगर क्लस्टर–धनुषा जिल्लाको महेन्द्रनगरमा मुकाम रहने गरी धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, काभे्रपलाञ्चोक, ललितपुर र रौतहट जिल्ला ।
• हेटौंडा क्लस्टर–मकवानपुर जिल्लाको हेटौंडामा मुकाम रहने गरी बारा, पर्सा, मकवानपुर र चितवन जिल्ला ।
• बुटवल क्लस्टर–रुपन्देही जिल्लाको बुटवलमा मुकाम रहने गरी नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, तनहुँ, सल्यान, प्यूठान र दाङ्ग जिल्ला ।
• लम्कि क्लस्टर–कैलालीको लम्किमा मुकाम रहने गरी बाँके, सुर्खेत, बर्दिया, कैलाली, डोटी, कञ्चनपुर र डडेल्धुरा जिल्ला ।

Last modified: December 29, 2014


İstanbul Acil Özel Ambulans Kartal özel acil ambulans Acil ambulans Cevizli acil ambulans
güvenlik kamerası ahd güvenlik kamerası gece görüşlü güvenlik kamerası paket güvenlik kamera güvenlik kamerası sistemleri güvenlik kamerası fiyatları kamera sistemleri ahd kamera gece görüşlü kamera ahd güvenlik kamera sistemleri